धनगढी, २९ साउन । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८-२ अनुसार भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमालेको समर्थनमा शुक्रबार बिहान मुख्यमन्त्रीका लागि दाबी पेस गरेका भट्टलाई प्रदेश प्रमुखले नियुक्त गरेका हुन्।

उनको शपथ शुक्रबार दिउँसो ३ बजे हुने तयारी छ । मुख्यमन्त्री भट्टले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना छ । सत्ता साझेदारीअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ ।

यसअघि कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !