जनकपुरधाम २० मंसिर । उप-महानगरपालिका वार्ड नम्बर १४ मुजेलिया स्थित नेपाल भारतको सहयोगमा बनेको श्री राधाकृष्ण सार्वजनिक पुस्तकालयका एक सक्रिय सदस्यको हैसियतले सम्पूर्ण मुजेलिया बासी, पुस्तकालयका आजीवन सदस्यज्यू, साधारण सदस्य तथा भूतपूर्व अध्यक्षज्यूहरू सहित विभिन्न पदाधिकारीज्यू तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।

लगातार दुई वर्षभन्दा बढी समय बित्दा पनि श्री राधाकृष्ण सार्वजनिक पुस्तकालयले कुनै प्रकारको पारदर्शी कार्यप्रणाली प्रस्तुत गर्न सकेको छैन। संस्थाको बिधान विपरीत समितिको कार्यकाल ६ महिना थप गरिएको थियो, तर सो थपिएको अवधि पनि अहिले समाप्त भइसकेको छ।

मुख्य समस्या र अनियमितता यसप्रकार छन् :

कार्यकारिणी समितिको कार्यकाल समाप्त
संस्थाको बिधानअनुसार कार्यकारिणी समितिको अवधि २ वर्षको हुन्छ। सोही अनुसार समितिको कार्यकाल २०८२ वैशाख मसान्तमै समाप्त भइसकेको छ तर हालसम्म नयाँ समिति चयनका लागि निर्वाचन गराउन पहल गरिएको छैन।

लगातार दुई वर्षदेखि लेखा परीक्षण नगरिएको
आर्थिक पारदर्शिताको मेरुदण्ड मानिने लेखा परीक्षण २ वर्षदेखि नगरिएकोले संस्थाको विश्वसनीयतामै प्रश्न उठेको छ।

निर्धारित अवधिमा साधारणसभा नबोलाएको
बिधान अनुसार २ वर्षमा एकपटक साधारणसभा अनिवार्य रूपमा गर्नुपर्ने भए पनि हालसम्म साधारणसभा आयोजना गरिएको छैन।

पुस्तकालयको मुख्य आम्दानी स्रोत पोखरी ठेक्का अनिश्चित
पुस्तकालयको प्रमुख आम्दानी स्रोत रहेको पोखरीको ठेक्का मंसिर २ गते स्वीकृत भए पनि हालसम्म ठेकदारलाई हलन पुर्जी नदिइएको ठेकदारले जानकारी दिएको छ, जसले संस्थाको आन्तरिक व्यवस्थापनमा गंभीर प्रश्न उठाएको छ।

सम्बन्धित सबै निकाय, पुस्तकालय साधारण सदस्य आजिवन सदस्य तथा स्थानिय सरकारको जिम्मेवारी वहन गर्ने व्यक्तिहरूले यसतर्फ गम्भीर ध्यान दिई शीघ्र समाधानका लागि आवश्यक कदम चाल्न आग्रह

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !