सप्तरी, २३ पुष । क्यान्सर रोगले थला परी उपचाररत १७ वर्षिय किशोरले आफ्नो ज्यान बचाउन सहयोगको याचना गरेका छन ।

चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका लागी भर्ना रहेका सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ का १७ वर्षिय गंगा यादवले अस्पतालको शययाबाट जीवन रक्षाका लागी आर्थिक सहयोगको याचना गरेका हुन ।

भरत यादव र श्यामा देवी दम्पत्तीका एक मात्र छोरा गंगा मस्तिष्क र खुट्टाको क्यान्सरको उपचारका लागी विगत एक महिनादेखी उक्त अस्पतालमा भर्ना छन । किसान परिवारका गंगाको यस अघि भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गरीएको बुवा भरतले बताए । तर त्यहाँ निको नभएपछी थप उपचारका लागी भरतपुर स्थित क्यान्सर अस्पताल ल्याइएको उनको भनाई छ ।

दिल्लीमा उपचार गराउँदा नेपाली ९ लाख रुपैया खर्च भएको र त्यसका लागी परिवार चलाउन एकमात्र आयश्रोतको रुपमा रहेको ३ कठ्ठा खेतीयोग्य जग्गा बेच्नु परेको उनले सुनाए । उपचार खर्च बढ्दै गएपछी अहिले समस्यामा परेको उनले पीडा पोखे ।

क्यान्सर उपचारको क्रममा अहिले छोराको “किमो” उपचार पद्धती चलिरहेको छ, उनले भने–तर अहिले औषधी, अस्पताल शूल्क र हेरचारका लागी बसेका हामीलाई खान, वस्न समेत रकमको अभाव भएको छ ।

अहिले सम्म त जग्गा बेचेर तथा आफन्तहरु संग ऋण सापटी लिएर भरथेग ग¥यौं, उनले भने–बाँकी कहाँबाट जुटाउने भनेर सिंगो परिवार तनावमा छौं ।

आफ्नो छोरालाई बचाईदिन आग्रह गर्दै यादव दम्पत्तीले समेत आर्थिक सहयोगका लागी सबै संग याचना गरेका छन । उनीहरुले सहयोगका लागी मोबाईल नम्बर ९७०२०३२२०१ मा पनि सम्पर्क गर्न सबैमा आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !